spot_img

अब लोकतन्त्रको यात्रा म्याराथन होइन, १०० मिटरको दौड जस्तो तीव्र हुनुपर्छ: मनिष झा

spot_img
spot_img

काठमाडौँ,१२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालको लोकतन्त्रको बाँकी यात्रा अब म्याराथनको गतिमा होइन, १०० मिटरको दौड जस्तो तीव्र गतिमा तय गर्नुपर्ने बताएका छन्।

नवनिर्वाचित सांसदको रूपमा शपथ ग्रहणका लागि सिंहदरबार पुगेका झाले सञ्चारकर्मीसँग कुरा गर्दै देशको राजनीति र अर्थतन्त्रमा गति दिन अबको कार्यकाल चुनौतीपूर्ण र निर्णायक हुने बताएका छन्। उनले ६६ वर्षे लोकतान्त्रिक इतिहास स्मरण गर्दै अबको केही वर्षमा दशकौँको उपलब्धि हासिल गर्नुपर्ने आवश्यकता औंल्याए।

‘हाम्रो ६६ वर्षको लोकतान्त्रिक यात्रालाई अब यो कार्यकालले अर्को दुई–तीन दशकको स्पीडमा लैजानुपर्छ,’ उनले भने। ‘म्याराथनको गतिले अब पुग्दैन, हामी १०० मिटरको स्पीडमा दौडेर बाँकी यात्रा तय गर्नुपर्ने अवस्थामा छौँ।’ झाले मतदाताले दिएको विश्वास र जिम्मेवारीलाई गम्भीरताका साथ लिएको बताए। निर्वाचनमा प्राप्त समर्थनले सांसदहरूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उनले जनताको आशालाई निराशामा बदल्न नदिने प्रतिबद्धता व्यक्त गरे।

सांसद झा अनुसार, तीव्र निर्णय र कार्यान्वयनको माध्यमबाट राजनीति, प्रशासन र अर्थतन्त्रमा तत्कालिन सुधार ल्याउने योजना अघि बढाइनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय