spot_img

नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

spot_img
spot_img

काठमाडौं, १२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित संसद् भवनको हलमा आयोजित समारोहमा सांसदहरूलाई शपथ गराएका हुन्। नवनिर्वाचित सांसदहरू थरीथरी भेषभूषा र मौलिक पहिरनमा शपथ लिन उपस्थित भएका थिए।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यले प्रतिनिधिसभा वा यसको कुनै समितिको बैठकमा भाग लिनुअघि अध्यक्षको अगाडि शपथ लिनुपर्ने कानुनी व्यवस्था छ।

शपथ ग्रहण समारोहमा सांसदहरूले आफ्नो दायित्व र गोपनीयताको सम्मान गर्दै संसद् सञ्चालनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय