spot_img

एमाले संसदीय दलको नेतामा अघि बढाए तयार छु : सुहाङ नेम्वाङ

spot_img
spot_img

काठमाडौं, १२ चैत । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता बन्न आफू तयार रहेको स्पष्ट पारेका छन्।

सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलको नेताबारे पार्टीभित्र अहिलेसम्म कुनै औपचारिक छलफल नभएको बताए। उनले भने, “हाम्रो अग्रज अभिभावक अहिलेसम्म शोकमै हुनुहुन्थ्यो, त्यसैले पार्टीभित्र यसबारेमा निर्णय भइसकेको छैन। सामाजिक सञ्जाल र बाहिर उठिरहेका कुरालाई म उहाँहरूको शुभेच्छा मान्छु।”

सांसद नेम्वाङले थपे, “पार्टीले मलाई संसदीय दलको नेताका लागि अघि बढाए भने म त्यसमा खुट्टा कमाउँदिन।”उनले आफ्नो तयारी र प्रतिबद्धता व्यक्त गर्दै भने कि पार्टीको निर्णय र मार्गदर्शनअनुसार मात्र अगाडि बढ्ने छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय