रास्वपा संसदीय दलको नेता बनेपछि बालेनलाई रवि लामिछानेको बधाई

spot_img

काठमाडौँ, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन भएपछि बधाई तथा शुभकामना दिएका छन्।

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

बैठक समापन गर्दै लामिछानेले भने, “संसदीय दलको तर्फबाट उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु।”

दलको नेता चयन भएसँगै बालेन शाहले शुक्रबार १२ः३४ बजे प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ। त्यसपछि दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गर्ने तयारी गरिएको छ।

रास्वपाको यो निर्णयसँगै नयाँ सरकार गठन प्रक्रिया थप तीव्र बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय