रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, आइतबार पुनः सुनुवाइ हुने

spot_img

काठमाडौँ, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा भइरहेको सुनुवाइ अझै टुंगिन सकेको छैन। बिहीबार पनि बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको छ र अब आइतबार पुनः सुनुवाइ हुने भएको छ।

लामिछानेविरुद्ध सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ भइरहेको हो।

यो मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्माअब्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि निरन्तर सुनुवाइ हुँदै आएको छ।

यसअघि महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेसँग सम्बन्धित विभिन्न जिल्लामा विचाराधीन मुद्दाहरू संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

अब आइतबार हुने सुनुवाइपछि यस मुद्दाको दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय