उपेन्द्र यादवको चुनावी खर्च सार्वजनिक, करिब ९ लाख ९० हजार रुपैयाँ खर्च

spot_img

जनकपुर,१२ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले कुल ९ लाख ८९ हजार ५०२ रुपैयाँ ३७ पैसा खर्च गरेका छन्।

सप्तरी–३ बाट चुनाव लडेका यादव १५ हजार २३९ मतसहित पराजित भएका थिए। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीले ३२ हजार ८७५ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए।

खर्च विवरणअनुसार, यादवले मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च गरेका छन् भने प्रचार–प्रसारमा ४ लाख ३९ हजार ६४० रुपैयाँ खर्च भएको उल्लेख छ। त्यस्तै, मतदाता सूची प्रिन्ट गर्न ५१ हजार ८४४ रुपैयाँ ४० पैसा खर्च गरिएको छ।

गाडी भाडामा १ लाख ५५ हजार रुपैयाँ र सम्पर्क कार्यालय सञ्चालनमा ६० हजार रुपैयाँ खर्च भएको छ। इन्धनतर्फ करिब १ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ भने कार्यकर्ता प्रशिक्षणमा १ लाख २३ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।

उक्त खर्च विवरणको कागजात सुभाषकुमार यादवमार्फत निर्वाचन आयोगमा दर्ता गराइएको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय