स्कुल ड्रेसमै संसद् पुगे रास्वपा सांसद रहबर अन्सारी

spot_img

बीरगन्ज, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले अनौठो शैलीमा संसद् भवनमा उपस्थित भई पद तथा गोपनीयताको शपथ लिएका छन्।

निलो सर्ट–पाइन्ट र पिठ्यूँमा झोला बोकेर स्कुल ड्रेसमै संसद् प्रवेश गरेका अन्सारीले सबैको ध्यान खिचेका थिए। उनको यो प्रस्तुति सामान्यभन्दा फरक र सन्देशमूलक देखिएको थियो।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भावुक हुँदै भने, “३५ वर्षअघि बुवाले मलाई विद्यालय लग्नुभएको थियो, आज ७४ वर्षका बुवाले मलाई संसद् भवनसम्म ल्याउनुभएको छ। यो उहाँका लागि मात्र होइन, सबै अभिभावकका लागि गर्वको क्षण हो।”

उनले थपे, “मैले बोकेको झोला विद्यार्थीहरूको झोला हो, ज्ञानको झोला हो। हाम्रो सफलता र समृद्धि विद्यालयबाटै सुरु हुन्छ भन्ने सन्देश दिन चाहन्छु।”

बारा–४ बाट प्रत्यक्ष निर्वाचित अन्सारीले आफ्नो प्रस्तुतीमार्फत शिक्षा, अभिभावक र शिक्षकको योगदानप्रति सम्मान व्यक्त गरेका छन्। उनका अनुसार, आजको उपलब्धिमा परिवार र शिक्षकहरूको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको छ।

यसअघि नेकपासँग आबद्ध रहेका अन्सारी हाल रास्वपाबाट राजनीतिमा सक्रिय छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय