आज प्रधानमन्त्री बन्दै बालेन्द्र शाह, शपथ कार्यक्रम भव्य हुने

spot_img

काठमाडौं,१३ चैत । नेपालले आज नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज औपचारिक रूपमा प्रधानमन्त्री पदमा नियुक्त हुँदै शपथ लिँदैछन्।

राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहबीच दिउँसो १२:३४ बजे शाहलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। शपथपछि उनले दिउँसो करिब २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नेछन्।

शपथ ग्रहण समारोहलाई धार्मिक र सांस्कृतिक रूपमा पनि विशेष बनाइँदैछ। कार्यक्रममा ७ वटा शंख बजाइने, १०८ जना बटुकबाट स्वस्तीवाचन तथा १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने तयारी गरिएको छ। साथै, प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराइनेछ।

संविधानको धारा ७६(१) अनुसार रास्वपाले स्पष्ट बहुमतसहित सरकार गठन गर्न लागेको हो। गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीले १८२ सिट जित्दै एकल सरकार गठनको बाटो खुलाएको थियो।

बालेन्द्र शाह हालै मात्रै संसदीय दलको नेता चयन भएका थिए। झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित उनले उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेका थिए।

शपथ समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहनेछ। यससँगै देशको नयाँ राजनीतिक अध्याय सुरु हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय