सरकार प्रतिशोधको बाटोमा लागेको कमल थापाकाे आरोप

spot_img

काठमाडौं,१४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले वर्तमान सरकारको कदमप्रति कडा टिप्पणी गरेका छन्। उनले बालेन्द्र शाह नेतृत्वको सरकार प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको आरोप लगाएका हुन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले सरकारको प्राथमिकता गलत दिशामा गएको संकेत गरेका छन्।

उनले लेखेका छन् कि सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको सरकारले अहिले निषेध र प्रतिशोधको बाटो रोजेको देखिन्छ। वर्तमान अवस्थामा द्वन्द्व र टकराव कसैको हितमा नहुने उनको भनाइ छ।

थापाले देशलाई स्थायित्वतर्फ लैजान कानुनी राज्यको पालना, आपसी सहमति र राष्ट्रिय एकता आवश्यक रहेकोमा जोड दिएका छन्।

पछिल्ला राजनीतिक घटनाक्रमले देशको माहोल तनावपूर्ण बन्दै गएको संकेत दिइरहेको छ, जसले आगामी दिनमा थप राजनीतिक बहस र ध्रुवीकरण बढाउने सम्भावना देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय