काठमाडौं,१४ चैत । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आइतबार अदालतमा पेश गर्ने भएको छ।
शनिबार बिहान पक्राउ परेका दुवै नेतालाई हाल काठमाडौं प्रहरी परिसरमा राखिएको छ। अदालत बन्द हुने भएकाले आइतबार मात्रै पेश गर्ने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि अदालतको अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ।
यसअघि सरकारले ‘जेनजी आन्दोलन’ दमनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै उनीहरू पक्राउ परेका थिए। आयोगले दुवै नेतासहित तत्कालीन उच्च पदस्थ अधिकारीहरूमाथि फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।
सरकारको निर्णयपछि गृहमन्त्री सुधन गुरुङले “कानुनभन्दा माथि कोही छैन” भन्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताएका छन्। राजनीतिक वृत्तमा भने यस घटनालाई लिएर पक्ष–विपक्षमा तीव्र बहस जारी छ।

