spot_img

पक्राउपछि ओली शिक्षण अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

spot_img
spot_img

काठमाडौं,१४ चैत । पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पतालको विशेष वार्डमा भर्ना गरिएको छ।

भक्तपुरस्थित निवासबाट पक्राउ गरिएपछि उनलाई प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। सुरुमा रेड जोन अन्तर्गतको २७ नम्बर बेडमा राखेर विभिन्न परीक्षण गरिएको अस्पताल स्रोतले जनाएको छ।

नेफ्रोलोजी तथा मुटु रोग विशेषज्ञसहितको टोलीले रक्त परीक्षण, भिडियो एक्स–रे लगायतका जाँच गरेपछि उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा सारिएको बताइएको छ। उक्त बेड सामान्यतया मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि प्रयोग हुने क्षेत्र हो।

ओलीको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। उनी पूर्वदेखि नै मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी भएको बताइन्छ।

यसैबीच, ‘जेनजी आन्दोलन’ दमनसँग सम्बन्धित फौजदारी अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो। सोही प्रकरणमा पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन्।

प्रहरीले दुवै जनालाई आइतबार अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय