spot_img

‘पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्छ’ : शंकर पोखरेल

spot_img
spot_img

काठमाडौं,१४ चैत । नेकपा नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अपनाएको कदमप्रति कडा आपत्ति जनाएका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि प्रतिक्रिया दिँदै उनले पूर्वाग्रह र प्रतिशोधको राजनीति दीर्घकालमा “महँगो पर्ने” चेतावनी दिएका छन्।

पोखरेलले सरकारलाई जिम्मेवार बन्न र ओलीलाई तत्काल रिहा गर्न पनि माग गरेका छन्। उनका अनुसार राजनीतिक प्रतिशोधको बाटोले देशमा थप अस्थिरता निम्त्याउन सक्छ।

ओली पक्राउको घटनापछि पार्टी कार्यालय च्यासलमा एमाले सचिवालय बैठक जारी रहेको छ। बैठकमा आगामी रणनीति र विरोधका कार्यक्रमबारे छलफल भइरहेको बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय