spot_img

ओली पक्राउपछि एमालेका ४ निर्णय, देशव्यापी आन्दोलन घोषणा

spot_img
spot_img

काठमाडौं,१४ चैत । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली पक्राउपछि नेकपा नेकपा एमालेले चार बुँदे निर्णय गर्दै देशभर आन्दोलन घोषणा गरेको छ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले ओलीलाई तत्काल रिहा गर्न माग गर्दै राजनीतिक तथा कानुनी रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकपछि नेता महेश बस्नेतले सार्वजनिक गरेको जानकारी अनुसार आजै देशभरका जिल्ला सदरमुकाममा दिउँसो ३ बजे जनसंगठनहरूको आयोजनामा विरोध प्रदर्शन हुनेछ।

त्यस्तै भोलि चैत १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीहरूको नेतृत्वमा थप प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

पार्टीले लोकतन्त्र र कानुनी राज्यका पक्षधर अन्य दल, नागरिक समाज तथा सर्वसाधारणसँग संवाद र सहकार्य गर्ने निर्णयसमेत गरेको जनाएको छ।

एमालेले ओली पक्राउलाई गम्भीर राजनीतिक विषयका रूपमा लिँदै आन्दोलनलाई अझ सशक्त बनाउने संकेत दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय