spot_img

ओली पक्राउविरुद्ध एमालेका २३ जनसंगठन आज देशभर आन्दोलनमा

spot_img
spot_img

काठमाडौं,१४ चैत । नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध आज देशभर विरोध प्रदर्शन गर्ने भएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले जनसंगठनमार्फत आन्दोलनमा उत्रिने निर्णय गरेसँगै आज दिउँसो ३ बजे सबै जिल्लाका सदरमुकाममा प्रदर्शन आयोजना गर्न लागिएको हो।

एमालेले यसलाई पहिलो चरणको आन्दोलन भन्दै थप कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ। सोहीअनुसार चैत १५ गते मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कार्यालयमा विरोधपत्र बुझाउने योजना तय गरिएको छ।

नयाँ प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि ओली पक्राउ परेका हुन्। उक्त प्रतिवेदन गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको थियो।

एमालेले सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै आलोचना गर्दै आएको छ भने पक्राउअघि नै आफ्ना जनसंगठनहरूले विरोधमा उत्रने चेतावनी दिएका थिए।

ओलीलाई आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। पछिल्ला घटनाक्रमसँगै देशको राजनीतिक वातावरण झन् तातेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय