spot_img

तत्कालै पक्राउ गर्नुपर्ने अवस्था हो जस्तो मलाई लाग्दैन

spot_img
spot_img

काठमाडौं,१४ चैत । गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

यसै सन्दर्भमा नेपाल प्रहरीका पूर्वएआईजी टेकप्रसाद राईले पक्राउ प्रक्रियामाथि प्रश्न उठाउँदै तत्काल पक्राउ गर्नु आवश्यक अवस्था नदेखिएको टिप्पणी गरेका छन्।

उनका अनुसार सत्ता परिवर्तन भइसकेको र राजनीतिक परिस्थितिसमेत बदलिएको अवस्थामा यो घटनालाई केवल फौजदारी दृष्टिले होइन, राजनीतिक पृष्ठभूमिबाट पनि विश्लेषण गर्नुपर्ने हुन्छ। उनले यसलाई समाधान राजनीतिक तहबाट खोजिनुपर्ने धारणा राखे।

पूर्वएआईजी राईले आयोगको प्रतिवेदनका आधारमा कारबाही अघि बढे पनि त्यसअघि विस्तृत अनुसन्धान प्रक्रिया अपनाइनुपर्ने बताए। उनका अनुसार घटनास्थल प्रमाण, बयान र अनुसन्धान टोलीमार्फत प्रक्रिया पूरा भएपछि मात्र पक्राउजस्ता कदम उपयुक्त हुन्छन्।

उनले पूर्वप्रधानमन्त्रीजस्ता उच्च पदमा पुगेका व्यक्तिहरू तत्काल भाग्ने अवस्था नरहेको भन्दै “तत्काल पक्राउ उपयुक्त देखिँदैन” भन्ने आफ्नो धारणा राखे।

उनका अनुसार यस्तो कदमले राजनीतिक तनाव बढाउने र आन्दोलन तथा प्रतिवादको जोखिम समेत निम्त्याउन सक्ने सम्भावना रहन्छ। उनले अन्ततः देशमा शान्ति र स्थिरता कायम राख्न संवाद र प्रक्रियागत अनुसन्धान आवश्यक हुने बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय