काठमाडौं,१५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसम्बन्धी मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट सर्वोच्च अदालतले पूर्ण इजलासमा सुनुवाइ गर्ने भएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा प्रारम्भिक सुनुवाइपछि मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।
यसअघि पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

