spot_img

ओलीलाई हाजिर जमानीमा छाड्नुपर्ने रमेश बडालको जिकिर

spot_img
spot_img

काठमाडौं,१६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहँदा उनलाई हाजिर जमानीमा रिहा गर्न माग गरिएको छ।

न्यायाधीश मेघराज पोखरेलको इजलासमा भइरहेको बहसका क्रममा पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमेश बडालले ओलीलाई अनुसन्धानमा सहयोग गर्ने सर्तमा हाजिर जमानीमा छाड्नुपर्ने जिकिर गरेका हुन्।

बडालले बन्दी प्रत्यक्षीकरणसम्बन्धी नियमावलीअनुसार विपक्षीसँग २४ घण्टाभित्र लिखित जवाफ माग्दै थुनामुक्त गर्नुपर्ने धारणा राखेका छन्।

यसअघि ओलीकी पत्नी राधिका शाक्यले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न भएको आरोपमा जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि वर्तमान सरकारले ओलीलाई पक्राउ गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय