spot_img

हर्क साम्पाङको साइबर ब्युरोमा उजुरी, ज्यान मार्ने धम्की आएको आरोप

spot_img
spot_img

काठमाडौं,१६ चैत । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

साम्पाङका अनुसार सुनिता खड्का नामकी एक महिलाले टिकटकमार्फत उनलाई लक्षित गर्दै ज्यान मार्ने तथा घर जलाउनेसम्मका धम्की दिएको र अश्लील गालीगलौज गरेको आरोप छ। उनले ती व्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक भएको दाबीसमेत उजुरीमा उल्लेख गरेका छन्।

उजुरीमा साम्पाङले यस्तो व्यवहारलाई गम्भीर अपराध भन्दै तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न साइबर ब्युरोलाई आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय