काठमाडौँ,१८ चैत । प्रतिनिधिसभाको सभामुख निर्वाचन आगामी चैत २२ गते हुने भएको छ। मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले निर्वाचनको कार्यतालिका टुंगो लगाएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद खुश्बु ओलीका अनुसार मनोनयन दर्ता चैत २० गते हुने र निर्वाचन चैत २२ गते नै सम्पन्न गरी सोही दिन पदभार ग्रहण गर्ने तयारी भएको छ।
सर्वदलीय छलफलमा सहभागी दलहरूले निर्वाचन प्रक्रिया सहज र समयमै सम्पन्न गर्ने विषयमा सहमति जनाएका छन्। अब निर्वाचनको औपचारिक प्रक्रिया निर्वाचन तालिका अनुसार अघि बढाइने बताइएको छ।

