संसद्मा १ घण्टा ७ मिनेट बोल्ने इच्छा छ : हर्क साम्पाङ

spot_img

काठमाडौं,१९ चैत । हर्क साम्पाङ ले प्रतिनिधिसभामा बोल्न पाएको समयप्रति असन्तुष्टि जनाउँदै आफूलाई लामो समय बोल्न मन लागेको बताएका छन्।

आजदेखि सुरु भएको प्रतिनिधिसभा बैठकको पहिलो दिन दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम छ। सांसद संख्याका आधारमा समय बाँडफाँड गरिएकोमा श्रम संस्कृति पार्टीले ७ मिनेट समय पाएको छ।

सोही पार्टीका अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ७ मिनेट पर्याप्त नभएको बताएका छन्। उनले “७ मिनेट होइन, १ घण्टा ७ मिनेट बोल्न मन छ” भन्दै देशको स्वाधीनता, सम्प्रभुता, जनताको पीडा र विकासका विषयमा विस्तृत धारणा राख्न चाहेको उल्लेख गरेका छन्।

साम्पाङका अनुसार सीमित समयले जनताको वास्तविक समस्या पूर्ण रूपमा उठाउन नसकिने भएकाले लामो छलफल आवश्यक छ भन्ने उनको धारणा छ।

spot_img

ताजा अपडेट

लोकप्रिय