काठमाडौं,१९ चैत । सुधन गुरुङ ले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्दै पूजा–अर्चना गरेका छन्।
हनुमान जयन्तीको अवसर पारेर उनी पशुपति परिसर पुगेका थिए। मन्दिरमा विधिपूर्वक पूजा गरेपछि उनले परिसरको अवलोकनसमेत गरेका छन्।
गृहमन्त्री नियुक्त भएपछि यो उनको पहिलो पशुपतिनाथ दर्शन भएको जनाइएको छ।
दर्शनका क्रममा उनले मन्दिर क्षेत्रमा भइरहेका व्यवस्थापन तथा समग्र अवस्थाबारे जानकारी लिएका थिए।

