spot_img

प्रलोपाका अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा

spot_img
spot_img

काठमाडौं,१९ चैत । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य तथा पूर्वमन्त्री सुदन किराती ले पदबाट राजीनामा दिएका छन्।

बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा उनले राजीनामा पत्र बुझाएको पार्टी स्रोतले जनाएको छ। यद्यपि उनको राजीनामा हालसम्म स्वीकृत भइनसकेको बताइएको छ।

स्रोतका अनुसार किरातीले औपचारिक रूपमा जिम्मेवारी छाडे पनि पार्टी नेतृत्वले त्यसबारे अन्तिम निर्णय गरेको छैन।

तत्कालीन नेकपा माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) लगायत दलहरूसँग एकता गरेपछि किरातीले पार्टी छाडेर प्रलोपा प्रवेश गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय