spot_img

प्रतिशोधको राजनीति अन्त्य हुन्छ : रवि लामिछाने

spot_img
spot_img

काठमाडाै,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिपक्षीमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट पारेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले विगतका सरकारहरूले प्रतिपक्षीलाई लक्ष्य गरेर प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए। तर अब रास्वपा नेतृत्वमा त्यस्तो प्रवृत्ति अन्त्य हुने दाबी गरे।

लामिछानेले आफ्नो पार्टी प्रश्न उठाउँदै जनताको आवाज बनेर संसदसम्म पुगेको उल्लेख गर्दै अब जिम्मेवारीका साथ जवाफ दिने चरणमा प्रवेश गरेको बताए। साथै, उनले प्रतिपक्षी दलहरूलाई पनि रचनात्मक भूमिका खेल्न आग्रह गर्दै सहीलाई समर्थन र गलतलाई विरोध गर्ने परिपाटी विकास गर्नुपर्नेमा जोड दिए।

उनले संसदलाई सहकार्य र उत्तरदायित्वको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै राजनीतिक संस्कारमा सुधार आवश्यक रहेको उल्लेख गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय