काठमाडाै,१९ चैत । नेकपा एमालेले भदौ २३ र २४ गतेका घटनाबारे बनेको छानबिन प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै पुनः छानबिनको माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा एमालेका सांसद गुरु बरालले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा दुई फरक खालका निष्कर्ष प्रस्तुत गरिएको भन्दै आपत्ति जनाए। विशेषगरी भदौ २४ गतेको घटनाबारे प्रतिवेदन मौन रहेको भन्दै त्यसमा थप अनुसन्धान आवश्यक रहेको उनले बताए।
बैठकको सुरुमै उनले केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक माथि भएको भनिएको गैरकानुनी धरपकडको आलोचना गर्दै तत्काल रिहा गर्न सरकारसँग माग गरे।
एमालेले उक्त घटनाको यथार्थ सार्वजनिक गर्न निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको दोहोर्याउँदै सरकारको ध्यानाकर्षण गराएको छ।

