काठमाडौं,२१ चैत । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले दाबी प्रस्तुत गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङ ले आफ्नो दलबाट महिला उम्मेदवार उठाउने घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमार्फत उनले सभामुख निर्विरोध चयन भइसकेको सन्दर्भ उल्लेख गर्दै अब हुने उपसभामुख निर्वाचनमा आफ्नो पार्टी सक्रिय रूपमा सहभागी हुने बताएका छन्।
साम्पाङले तथाकथित नयाँ राजनीतिक शक्ति मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवारलाई समर्थन गर्ने विश्वास पनि व्यक्त गरेका छन्। उनले “नयाँले नयाँलाई भोट हाल्छ कि पुरानै शक्तिलाई साथ दिन्छ” भन्ने प्रश्न उठाउँदै निर्वाचन परिणामप्रति चासो व्यक्त गरेका छन्।
उपसभामुख चयन प्रक्रियाले संसद्भित्रको राजनीतिक समीकरण र दलहरूबीचको सहकार्यको नयाँ चित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

