काठमाडौंमा रातभर प्रहरी सर्च अपरेशनमा १९५ जना पक्राउ

spot_img

काठमाडौं,२१ चैत । राजधानीमा प्रहरीले रातभर सञ्चान गरेको सर्च अपरेशनमा १९५ जनालाई पक्राउ गरेको छ। गुण्डागर्दी, ठगी र बिचौलियामा संलग्न व्यक्तिहरूलाई लक्षित गर्दै अपरेशन सञ्चालन गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं का प्रमुख रमेश थापा का अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले पर्यटक तथा सर्वसाधारणलाई लक्षित गर्दै अनावश्यक रूपमा दुःख दिने, ठगी गर्ने तथा बिचौलियाको काम गर्ने गरेका थिए।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय