ट्राफिक नियमकाे पालना नगर्नेलाई धमाधम कारबाही

spot_img

काठमाडौँ,२१ चैत । राजधानीमा ट्राफिक नियम कार्यान्वयनमा कडाइ गरिएको छ। ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै ट्राफिक लाइटको पालना नगर्ने सवारी चालकलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरेको हो।

शनिबार बबरमहल क्षेत्रमा ट्राफिक लाइट उल्लंघन गर्ने सवारी साधनलाई बिजुलीबजारमा रोकेर कारबाही गरिएको प्रहरीले जनाएको छ। रातो बत्ती बल्दा पनि सवारी नरोकी अघि बढ्ने चालकहरू विशेष निगरानीमा परेका छन्।

प्रहरीका अनुसार ट्राफिक नियम उल्लंघनकै कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएकाले यस्तो अभियान सञ्चालन गरिएको हो। नियम पालना नगर्नेलाई कानुनी दायरामा ल्याउने कार्यलाई निरन्तरता दिइने जनाइएको छ।

यस कदमप्रति सर्वसाधारणको प्रतिक्रिया मिश्रित देखिएको छ। केहीले ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको गुनासो गरेका छन् भने धेरैले नियमको कडाइलाई सकारात्मक रूपमा लिँदै सबैले ट्राफिक नियम पालना गर्नुपर्ने बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय