बीरगन्जमा ‘हेल्थ म्याराथन’ सम्पन्न

spot_img

बीरगन्ज,२१ चैत । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगन्जले ‘रन फर हेल्थ, रन फर लाइफ’ नारासहित आयोजना गरेको हेल्थ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ।

स्पोर्ट्स विक–२०८२ अन्तर्गत आयोजित उक्त प्रतियोगितामा पुरुषतर्फ अनिल श्रेष्ठ प्रथम भए। स्यामसन श्रीस दोस्रो र सन्जु सिंह बस्नेत तेस्रो भए।

महिलातर्फ विपना प्रथम, अलिशा खातुन दोस्रो र करुणा कुमारी तेस्रो घोषित भए। त्यसैगरी फ्याकल्टीतर्फ डा। प्रशान्त ठाकुर प्रथम, डा. विशाल दोस्रो र डा. आदित्य राज तेस्रो भए। स्टाफतर्फ सगीर हुसैन प्रथम, सञ्जय कुमार दोस्रो र धनञ्जय मण्डल तेस्रो भए।

समापन समारोहमा विजयी खेलाडीहरूलाई नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारी, सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, नेपाली सेनाका कर्णेल लोकेन्द्र कार्की, ट्राफिक प्रहरी निरीक्षक युवराज कटुवाल र एथ्लेटिक्स प्रशिक्षक विश्वेसर पटेलले पुरस्कार तथा मेडल प्रदान गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय