काठमाडौँ,२२ चैत । व्यवसायी सुलभ अग्रवाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई बयानका लागि नियन्त्रणमा लिएको विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जानकारी दिएका छन्।
अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन्। यसअघि उनका बुवा शङ्कर अग्रवाललाई पनि विभागले पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ। विभागले दुवै जनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबारको विषयमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

