मालपोत र नापी कार्यालयमा बिचौलिया प्रवेशमा कडाइ, सेवाग्राहीलाई सहज हुने अपेक्षा

spot_img

काठमाडौं,२३ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले देशभरका मालपोत र नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा नियन्त्रण गर्न कडा निर्देशन दिएको छ।

मन्त्री प्रतिभा रावल को निर्देशनपछि सचिवस्तरीय निर्णयमार्फत सम्बन्धित निकायलाई परिचय खुल्ने कागजातका आधारमा मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश गराउन भनिएको हो।

मन्त्रालयका अनुसार विभिन्न बहानामा बिचौलियाहरू कार्यालयभित्र प्रवेश गरी संवेदनशील कागजात र स्रेस्तामा पहुँच राख्ने गुनासो बढेपछि यस्तो कदम चालिएको हो। अब परिचय खुल्ने प्रमाणपत्र नभएका व्यक्तिलाई प्रवेश निषेध गरिनेछ।

निर्देशनमा कार्यालयभित्र अनधिकृत व्यक्तिको पहुँच नियन्त्रण नगरे सम्बन्धित कार्यालय प्रमुख नै जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।

सरकारको यो निर्णयसँगै अब सेवाग्राहीले अनावश्यक झन्झट बिना आफ्ना कागजात पेश गरेर सहज रूपमा सेवा लिन सक्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय