दलभन्दा राष्ट्रियता ठूलो : अर्जुननरसिंह केसी

spot_img

काठमाडौं,२३ चैत । अर्जुननरसिंह केसीले दलगत प्रतिबद्धता भए पनि राष्ट्रियता सबैभन्दा माथि हुनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद केसीले फरक–फरक विचार र दलबाट प्रतिनिधित्व गरे पनि सबै सांसदहरूको साझा लक्ष्य देशको समृद्धि भएको उल्लेख गरे। उनले भने, “हामी सबै आफ्ना दलप्रति प्रतिबद्ध छौं, तर दलभन्दा राष्ट्रियता ठूलो हो। यसलाई जोगाउन सबै एकजुट हुनुपर्छ र नयाँ इतिहास सुरु गर्नुपर्छ।”

केसीले संसद्मा आकस्मिक समयमा समेत नाम टिपाउनुपर्ने अभ्यासलाई गलत भन्दै त्यसलाई सुधार गर्नुपर्ने धारणा राखे। उनका अनुसार आकस्मिक समय सांसदहरूको विशेषाधिकार हो र यसमा अनावश्यक प्रतिबन्ध हुनुहुँदैन।

सभामुखलाई लक्षित गर्दै उनले आफ्नो अधिकारको उचित प्रयोग गर्न आग्रह गरे। साथै, विगतका कमजोरी नदोहो¥याउँदै प्रभावकारी रूपमा संसद सञ्चालन गर्न नवनिर्वाचित सभामुखलाई शुभकामना पनि दिए।

उनले जनताको बढ्दो आकांक्षा सम्बोधन गर्न संसद सक्षम हुनुपर्नेमा जोड दिँदै जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्न सबै सांसदलाई आग्रह गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय