नगद असुली र भेदभाव गर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

spot_img

काठमाडौं,२३ चैत । स्वास्थ्य बीमा बोर्ड ले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा दिने क्रममा बिमितहरूसँग गैरकानुनी रूपमा नगद असुल्ने तथा सेवा प्रवाहमा भेदभाव गर्ने स्वास्थ्य संस्थामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

बोर्डले सोमबार जारी गरेको सूचनामा केही अस्पतालहरूले बीमा प्याकेजभित्र पर्ने औषधि तथा सामग्रीहरू पनि बिमितलाई बाहिरका पसल वा आफ्नै फार्मेसीबाट नगदमा खरिद गर्न बाध्य बनाएको गुनासो बढेको उल्लेख गरेको छ।

बोर्डका अनुसार यस्तो कार्य स्वास्थ्य बीमा नियमावली २०७५ को प्रावधानविपरीत हो र भेटिएमा कानुनअनुसार कारबाही गरिनेछ।

त्यस्तै, बीमा सेवा लिन आउने बिरामीलाई अनावश्यक रूपमा अग्रिम समय लिन बाध्य पार्ने तथा भेदभावपूर्ण व्यवहार गर्ने अस्पतालहरूबारे पनि बोर्डले गम्भीर ध्यानाकर्षण जनाएको छ। यस्ता गतिविधि नरोकिएमा स्वास्थ्य बीमा ऐन २०७४ अन्तर्गत स्वास्थ्य संस्थासँग गरिएको सम्झौता नै रद्द गर्न सकिने चेतावनी दिइएको छ।

बोर्डले औषधि तथा सेवाको दररेटका सम्बन्धमा पनि स्पष्ट निर्देशन दिएको छ। यदि अस्पतालको आफ्नै दररेट बीमा सुविधाअन्तर्गत तोकिएको दरभन्दा कम छ भने त्यही न्यूनतम दरमै दाबी गर्नुपर्ने व्यवस्था लागू हुने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय