विद्युत प्राधिकरणका इन्जिनियर घुससहित पक्राउ

spot_img

जनकपुर,२४ चैत । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख इन्जिनियर महेन्द्र कुमार दास घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई १ लाख ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको जनाएको छ। आयोगका अनुसार सेवाग्राहीसँग चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर जडान गरी लाइन उपलब्ध गराइदिने भन्दै उनले घुस मागेको उजुरी परेको थियो।

उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ बाट सोमबार नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय