चेकपोस्टमा सशस्त्र प्रहरीमाथि हातपात, गाउँपालिका उपाध्यक्ष पक्राउ

spot_img

कपिलवस्तु,२४ चैत । ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गरेको आरोपमा शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वडा नं. ५ शिवलवा–दोहनी चेकपोस्टमा खटिएका सशस्त्र प्रहरी वरिष्ठ हवलदार भीमबहादुर चौधरीमाथि उपाध्यक्ष चौधरीले हातपात गरेका हुन्।

भारतीय सीमावर्ती बजारबाट सामान ल्याउने विषयलाई लिएर भएको विवादका क्रममा घटना भएको बताइएको छ। विवाद बढ्दै जाँदा उपाध्यक्षले ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि हातपात गरेको स्थानीयले बताएका छन्।

घटनापछि सार्वजनिक भएको भिडियोका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा रहेका उपाध्यक्षमाथि प्रचलित कानुनअनुसार मुद्दा चलाउने तयारी भइरहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय