इन्धन खपत घटाउन सरकारले जोर–बिजोर प्रणाली लागू गर्ने संकेत

spot_img

काठमाडौं,२४ चैत । पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सरकारले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने संकेत गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा इन्धन संकट र बढ्दो आर्थिक भारलाई नियन्त्रण गर्न विभिन्न विकल्पबारे छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भएको तथ्याङ्क प्रस्तुत गरिएको छ। यसै सन्दर्भमा इन्धन खपत घटाउन नीतिगत कदमहरूबारे छलफल गरिएको उनले बताइन्।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ।

त्यसैगरी इन्धन बचतका लागि आइतबार सार्वजनिक बिदा दिने, जोर–बिजोर प्रणाली लागू गर्ने तथा विद्युतीय सवारी साधन (ईभी) र इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको बताइएको छ।

सरकारको यो प्रस्ताव कार्यान्वयनमा आएमा यातायात व्यवस्थामा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय