उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने प्रचण्डको स्पष्ट भनाइ

spot_img

काठमाडौं,२४ चैत ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको उपसभामुख पदमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्य संयोजन समितिको बैठकमा सहभागी हुन पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभामुख पदमा आफ्नो दलको स्वाभाविक दाबी रहने स्पष्ट पारे।

प्रचण्डले भने, “उपसभामुखमा हाम्रो दाबी हुन्छ, तर अहिलेसम्म रास्वपासँग यसबारे कुनै छलफल भएको छैन।”

उनका अनुसार राजनीतिक छलफल र सहमतिको प्रक्रिया अघि बढेपछि मात्रै यस विषयमा थप निर्णय हुने बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय