सांसद खगेन्द्र सुनारद्वारा संसदमा माफी

spot_img

काठमाडौं,२४ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रतिनिधिसभामा दिएको आफ्नो अभिव्यक्तिबारे माफी मागेका छन्।

सोमबार बसेको बैठकको विशेष समयमा उनले देशभर दलित समुदायमाथि भइरहेको विभेद, हिंसा र हत्यासम्बन्धी घटनाहरू उठान गरेका थिए। त्यस क्रममा उनले प्रस्तुत गरेको एक घटनाको विवरणमा तथ्यगत त्रुटि देखिएपछि उनले संसदमै क्षमायाचना गरेका हुन्।

सांसद सुनारले कालिकोटको नरहरिनाथ गाउँपालिका–५ मा धारा छोएको विषयमा मोना सार्कीको हत्या भएको भन्दै उल्लेख गरेका थिए। तर उक्त घटनाको स्थान र विवरण फरक रहेको भन्दै अर्का सांसदले आपत्ति जनाएपछि उनले आफ्नो अभिव्यक्ति सच्याएका थिए।

उनले हत्या भएको घटना सही भए पनि स्थान (वडा) उल्लेखमा गल्ती भएको स्वीकार गर्दै माफी मागे। तर एउटा विवरणमा त्रुटि भए पनि सम्पूर्ण अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ।

सुनारले घटनाको वास्तविकता कायम रहेकाले विषयलाई पूरै अस्वीकार गर्नु न्यायसंगत नहुने धारणा समेत व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय