भारतीय सवारीको ‘डे–पास’ दुरुपयोग रोक्न सांसदको माग

spot_img

काठमाडौं,२५ चैत । प्रतिनिधिसभा बैठकमा सांसद निशा डाँगी ले भारतीय नम्बर प्लेटका सवारी साधनले नेपाल प्रवेश गर्दा लिने ‘डे–पास’ प्रणालीको दुरुपयोग भइरहेको भन्दै कडा निगरानीको माग गरेकी छन्।

बुधबार संसदमा बोल्दै उनले नियमअनुसार एक दिनका लागि मात्र अनुमति पाएका सवारीहरू नेपालमै बसोबास गरी निजी तथा सार्वजनिक रूपमा सञ्चालन भइरहेकाे आरोप लगाइन्। उनका अनुसार यस्तो अभ्यासले कानुनी प्रक्रिया पूरा गरी भन्सार तिरेर ल्याइएका सवारी साधन र तिनका व्यवसायीलाई प्रत्यक्ष असर परेको छ।

डाँगीले यो समस्या आफ्नो निर्वाचन क्षेत्र मेचीनगर मा मात्र सीमित नभई देशका अधिकांश सीमा क्षेत्रमा देखिएको उल्लेख गरिन्।

उनले भारतीय सवारी संलग्न दुर्घटनामा पीडितले क्षतिपूर्ति पाउन कठिनाइ हुने गरेको पनि औंल्याउँदै सीमा नाकामा कडाइका साथ अनुगमन गर्न सरकारसँग आग्रह गरिन्।

सांसद डाँगीले डे–पास प्रणालीको प्रभावकारी कार्यान्वयन तथा दुरुपयोग रोक्न तत्काल ठोस कदम चाल्नुपर्नेमा जोड दिएकी छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय