निजी मिडियामा सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन सांसद केरुङको माग

spot_img

काठमाडौं,२५ चैत । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ ले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनतालाई सुसूचित गराउने काममा निजी मिडियाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यस्तो निर्णय अनुचित भएको बताएका हुन्।

उनले नयाँ सरकार गठनसँगै निजी सञ्चार माध्यमलाई दिइँदै आएको विज्ञापन रोक्नु गलत सन्देश जाने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरे।

सांसद केरुङले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै निजी मिडियालाई कमजोर बनाउने खालका निर्णय नलिन सरकारलाई सचेत गराएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय