बीरगन्ज,२५ चैत । विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारा का अनुसार उनीहरूलाई खोजतलासका क्रममा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो। पक्राउपछि मंगलबार बारा जिल्ला अदालत मा पेश गरिएको प्रहरीले जनाएको छ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ पर्नेहरू विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका थिए।
पक्राउ परेकामध्ये कलैया उपमहानगरपालिका–१९ का ४९ वर्षीय ओसि महम्मद ठकुराईलाई चेक अनादर मुद्दामा एक महिना कैद र ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। यस्तै, कलैया–६ का ६५ वर्षीय मोहनलालप्रसाद साहलाई सोही प्रकृतिको मुद्दामा २ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो।
प्रहरीले बाँकी फरार प्रतिवादीहरूको खोजी कार्यलाई निरन्तरता दिँदै कानुनी दायरामा ल्याउने अभियान जारी रहेको जनाएको छ।

