बीरगन्ज यातायात कार्यालय अगाडि लेखापढी व्यवसायीहरू आन्दोलित

spot_img

बीरगन्ज,२५ चैत । बीरगन्जस्थित यातायात कार्यालय अगाडि रहेका लेखापढी व्यवसायीहरूले आक्रोश जनाउँदै आफ्नो व्यवसाय बन्द गरेका छन्। उनीहरूको विरोधको मुख्य कारण सरकारी कार्यालयबाट बिचौलियामाथि गरिएको पक्राउ कारबाही हो।

व्यवसायीहरूका अनुसार, कार्यालय परिसरमा प्रवेश गर्दा प्रहरीले अनावश्यक रूपमा नियन्त्रणमा लिने र दुर्व्यवहार गर्ने गरेको बताइएको छ। उनीहरूले आफ्नो व्यवसाय वैधानिक रूपमा सञ्चालन भइरहेको दाबी गर्दै, ‘बिना कारण ‘विचौलिया’को आरोप लगाएर पक्राउ गर्न थालिएकोले सटर बन्द गर्न बाध्य भएको’ बताए।

यसैबीच, प्रहरीका अनुसार, विचौलियामार्फत सेवाग्राही ठगिने घटनामा वृद्धि भएपछि निगरानी र कारबाही कडा बनाइएको हो। वास्तविक व्यवसायी र अवैध गतिविधिमा संलग्न व्यक्तिहरूलाई छुट्याएर आवश्यक कारबाही गरिने जानकारी प्रहरीले दिएको छ।

प्रतिक्रियाको क्रममा सेवाग्राहीहरू पनि प्रभावित भएका छन् भने कार्यालयको दैनिक कामकाज ठप्प भएको छ। व्यवसायीहरूले भने प्रशासनसँग आफ्नो वैध सेवामाथि अन्याय नहोस् भन्ने माग गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय