सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

spot_img

सर्लाही,२५ चैत । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान करिब ११ बजे खेतमा सिँचाइका लागि मोटर चलाइरहेका बेला नजिकै खेलिरहेका स्थानीय राम बैलकोटीका ५ वर्षीय छोरा वियान्श करेन्टको सम्पर्कमा आएका थिए।

घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्काल ईश्वरपुर नगर अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा दिउँसो करिब १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही ले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय