जेनजी आन्दोलनका सहिद परिवारलाई थप आठ जनालाई रोजगारी दिने निर्णय

spot_img

काठमाडाै,२६ चैत । काठमाडौँस्थित नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारलाई लक्षित गर्दै थप राहतस्वरूप रोजगारी प्रदान गर्ने निर्णय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ को अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले थप आठ सहिद परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको हो।

सरकारले जारी गरेको कार्यविधि २०८२ तथा राजपत्रमा गरिएको व्यवस्थाअनुसार यसअघि छुट भएका सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

यसअघि प्राधिकरणले २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढाइसकेको छ भने अहिले थपिएका आठ जनासहित यो संख्या अझ बढेको छ। रोजगारी पाउनेमा काठमाडौँ, उदयपुर, सिन्धुपाल्चोक, सङ्खुवासभा, सर्लाही, बझाङ र लमजुङका परिवारका सदस्यहरू रहेका छन्।

सरकारले सहिद परिवारलाई आर्थिक तथा सामाजिक रूपमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय