spot_img

मधेशसँगै सिंगो देश बनाउनुपर्ने छ : रामजी यादव

spot_img
spot_img

काठमाडौँ,२७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका रामजी यादवले मधेश मात्र नभई सिंगो देशको विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा यादवसहित गौरीकुमारी यादव मन्त्री नियुक्त हुन लागेका हुन्। उनीहरूको नियुक्ति र शपथ आजै हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले पार्टीले दिएको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। “पार्टीले जिम्मेवारी दिएको छ, अब देश बनाउनका लागि आवश्यक भूमिका निभाउँछौं। काम गर्ने स्पष्ट ढाँचा तयार पार्छौं,” उनले भने।

यादवले मधेशको विकाससँगै राष्ट्रिय समृद्धिमा योगदान गर्ने लक्ष्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई पूर्ण समर्थन रहने बताए।

“जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ। हामी चुनौतीलाई अवसरका रूपमा लिँदै अघि बढ्छौं,” उनले भने, “अब मधेशसँगै सिंगो देश नै बनाउनुपर्ने छ।”

spot_img

ताजा अपडेट

लोकप्रिय