spot_img

आफन्तलाई नियुक्ति दिलाउन नलाग्न सांसदलाई रविको निर्देशन

spot_img
spot_img

काठमाडौँ,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसदहरूलाई आफन्त र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्न स्पष्ट निर्देशन दिएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा बोल्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आग्रह गरेका हुन्। “आफन्त र साथीभाइलाई नियुक्ति गराउन नलाग्नू,” उनको भनाइ उद्धृत गर्दै एक सांसदले बताए।

लामिछानेले आफूहरू युवा पुस्ताको बलिदानबाट यो स्थानमा पुगेको उल्लेख गर्दै त्यसको सम्मान गर्नुपर्नेमा जोड दिए। “हामी जेनजी भाइबहिनीहरूको बलिदानले यहाँ आइपुगेका हौँ,” उनले भनेका छन्।

बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पनि सहभागी थिए, तर उनले कुनै धारणा राखेनन्।

त्यसै बैठकले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय समेत गरेको छ। रास्वपाको समर्थनमै ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन् भने उपसभामुखको निर्वाचन आज हुँदैछ।

spot_img

ताजा अपडेट

लोकप्रिय