spot_img

उपसभामुखमा रुबी ठाकुरलाई समर्थन गर्ने रास्वपाको निर्णय

spot_img
spot_img

काठमाडौँ,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको रास्वपाको संसदीय दलको बैठकले ठाकुरको पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

उपसभामुखको निर्वाचन आज दिउँसो ४ बजे तय गरिएको छ। निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाबीच प्रतिस्पर्धा हुँदैछ।

रास्वपाको समर्थनसँगै ठाकुरको जित्ने सम्भावना थप बलियो बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय