spot_img

पर्साको बलुवामा आगलागी, ६ लाख नगदसहित लाखौँको क्षति

spot_img
spot_img

बीरगन्ज,२७ चैत । पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा टोलमा बिहीबार राति आगलागी हुँदा नगद ६ लाख रुपैयाँसहित लाखौँको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय मोटर मुखिया बिनको घरमा राति करिब ११ः३० बजे लागेको आगो लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएको बताइएको छ।

आगलागीमा घरमा राखिएको दुई दिनअघि लघुवित्तबाट ऋणस्वरूप ल्याइएको ६ लाख रुपैयाँ नगद पूर्ण रूपमा जलेको पीडितले बताएका छन्। साथै, चार वटा बाख्रा र एक गाईको पनि जलेर मृत्यु भएको छ।

घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा तथा १२ थान गहना समेत आगोले पूर्ण रूपमा नष्ट गरेको छ।

स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय