काठमाडौं,२८ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ।
निर्वाचन प्रक्रिया प्रभावित गर्ने गतिविधि गरेको आरोपमा उनलाई शान्ति विरुद्धको कसुर अन्तर्गत मुद्दा दायर गरिएको हो। मुद्दा जिल्ला प्रशासन कार्यालयमार्फत अघि बढाइएको बताइएको छ।
यसअघि उनलाई गत फागुन ११ गते प्रहरीले पक्राउ गरेको थियो। पछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको थियो।
नेपाल सरकार सरकारी वकिल कार्यालय ले सोही घटनासम्बन्धी अनुसन्धानपछि मुद्दा दायर गरेको हो।

