बीरगन्ज,०१ वैशाख । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१३ मा ‘जेन्जी’ युवा समूहको सक्रियतामा सरसफाई अभियान सम्पन्न भएको छ। “फोहोर होइन, फूल जस्तै गाउँ बनाउँ” भन्ने नारासहित सञ्चालन गरिएको अभियानले स्थानीय तहमा सरसफाईप्रति सकारात्मक सन्देश फैलाएको छ।
युवा गोविन्द चौधरी को अगुवाइमा सम्पन्न कार्यक्रममा वडा नं. १३ का अध्यक्ष हेमनारायण चौधरी को विशेष सहयोग रहेको थियो।
अभियान अन्तर्गत डुमरवाना, पोता, फतेपुर र पचुली गाउँमा सरसफाई गरिएको थियो। कार्यक्रममा स्थानीय युवा अकलु चौधरी, भुवनेश्वर चौधरी, मिथुन चौधरी, सिकन्दर सहनी, रामाशंकर सहनी, रोशन पटेल, राजदेव चौधरी, श्याम चौधरी र सुन्नी माझी लगायतको सक्रिय सहभागिता रहेको थियो।
त्यस्तै, रजघटा क्षेत्रका अस्थायी प्रहरी, ट्राफिक प्रहरी तथा नगर प्रहरीको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

