सीमा नाकामा सर्वसाधारणलाई दुःख नदिन डीआईजी थपलियाको निर्देशन

spot_img

बीरगन्ज,०६ वैशख ।  सीमा नाकाहरूमा पछिल्लो समय बढ्दो कडाइबीच सर्वसाधारणले हैरानी खेप्नुपरेको गुनासो बढिरहेका बेला मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया ले नागरिकमैत्री व्यवहार अपनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

डीआईजी थपलियाले घरायसी प्रयोजनका लागि ल्याइने सामान्य सामानमा अनावश्यक झन्झट नदिन स्पष्ट निर्देशन दिँदै नियम कार्यान्वयन गर्दा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन्। उनले प्रहरीलगायत सम्बन्धित निकायले कानुनी प्रक्रिया पालना गर्ने क्रममा सर्वसाधारणको दैनिक जीवन प्रभावित नहुने गरी काम गर्नुपर्ने बताएका छन्।

सीमाक्षेत्रमा शान्ति–सुरक्षा कायम राख्दै सेवा प्रवाहलाई सहज बनाउनु प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै उनले अनावश्यक चेकजाँच वा दुःख दिने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिएका हुन्।

हालै सीमा नाकाहरूमा भन्सार कडाइका कारण सर्वसाधारणले झन्झट व्यहोर्नुपरेको गुनासो बढ्दै गएको अवस्थामा यो निर्देशनलाई नागरिकका लागि राहत दिने कदमका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय